१) वन्यजन्तुको लागि माया जगाऔ,जंगल मा आगो नलगाऔं       २.) आजको आवश्यकता,संरक्षणमा जनसहभागिता    ३) प्रकृतीको रक्षा नै समस्त मानव समुदायको सुरक्षा    ४) वन्यजन्तुको संरक्षण स्समृद्धिका लागि पर्यापर्यटन     ५) तब मानिस कहलाउँछ महान, जब हुन्छ वन्यजन्तुको कल्याण     ६) मानव र वन्यजन्तुको सह(अस्तित्वलाई स्वीकार गरौँ     ७) वन्यजन्तुको रक्षा नै पर्यावरणको सुरक्षा     ८) जीवजन्तु जोगाऔँ जिम्मेवार नागरीकको कर्तव्य निभाऔ

भानुभक्त प्राणी
    उद्यानको परिचय

Image

वन क्षेत्रमा वन्यजन्तुको वासस्थानको खण्डिकरण, क्षयीकरण र विनास, अधिक उपयोग, वन डढेलो, वन क्षेत्रको अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तनको नकारात्मक प्रभाव जस्ता जोखिमहरुको कारणले कतिपय प्रजातिहरु लोप भएका, कतिपय लोप हुने अवस्थामा पुगेका र दुर्लभ संख्यामा रहेका पनि छन । वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताको संरक्षण, सम्वर्धन, सदुपयोग र व्यवस्थापनका लागि नेपालले विविध नितीगत, कानुनी, संरचनागत र मानवीय स्रोत एवं साधनहरुको व्यवस्थापनका प्रयासहरु जारी राखेको पाईन्छ । खासगरी स्व–स्थानीय (In-Situ Conservation)संरक्षणको लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षहरुको स्थापना र व्यवस्थापन गर्दै क्षेत्र विस्तार मार्फत मुलुकका यी अमूल्य निधिको जगेर्ना गर्ने कार्यबाट वातावरणीय लाभका साथ साथै आर्थिक लाभका लागि पनि नेपाल सरकारबाट अनवरत रुपमा समय सुहाउदो प्रयासहरु हुदै आएको छ ।यसका अतिरिक्त पर–स्थानीय संरक्षणका (Ex-Situ Conservation) प्रयासहरु पनि निरन्तर जारी छ । उदाहरणको लागि गैंडा, बाह्रसिंगा लगायतका केही वन्यजन्तुहरुलाई अनुकुल प्रकृतिको अन्य क्षेत्रहरुमा वासस्थानमा स्थानान्तरण, चिडिया खाना र बृक्षारोपण मार्फत विभिन्न वन क्षेत्र तथा वानस्पतिक बगैंचाहरुको स्थापना पर–स्थानीय संरक्षणका उदाहरण हुन् । पर–स्थानीय संरक्षणका लागि चिडियाखाना स्थापना र व्यवस्थापन....Read More

कार्यालय प्रमुख

Binaya Mishra final1

नाम:  विनय कुमार मिश्र  
मोबाइल नंः +९७७ ९८५६०६६६२०
इमेलः binaymishra987@gmail.com

हाम्रा कर्मचारी

 भानुभक्त प्राणी उद्यानका सम्पर्क विन्दुहरू !!

 सूचना अधिकारी

new info photo

नाम:  राजन पण्डित
मोबाइल : +९७७-  ९८५६०२२२४७
 

जैविक विविधता !!

भानुभक्त प्राणी उद्यान क्षेत्र पुर्वी, पश्चिमी, उत्तरी र दक्षिणी गरि चारै दिशा तर्फको मोहडा भएको वन क्षेत्रको भूगोलको अवस्थितीले विभिन्न हावापानीमा रहने वन्यजन्तुको लागि सुँहाउदो वातावरण रहेको छ । चितुवा, भालु, दुम्सी, बाँदर, रतुवा, लोखर्के, लुईचे, तित्रा लगायतका वन्यजन्तुको बासस्थान रहेको छ । 

काठमाडौं-पोखरा पृथ्वी लोकमार्गद्वारा जडित क्षेत्रको पर्यटन सम्भावना


काठमाण्डौं–पोखरा पृथ्वी लोकमार्ग जोडिएर गएको हुनाले यातायातका दृष्टिले समेत सम्भावना रहेको यस क्षेत्रको नजिकै पूर्वमा भानु नगरपालिका, पश्चिममा व्यास नगरपालिका र सो अन्र्तगत व्यास ऋषिको जन्मस्थल तथा परासर ऋषिको कर्मभूमी, दक्षिणमा ऐतिहासिक छाब्दी बराह मन्दिर सहितको तीर्थस्थल, दक्षिण पूर्वमा ऐतिहासिक तनहुँसुर कोट रहेको र यो क्षेत्र भानु, व्यास र वन्दिपुर नगरपालिकाको सदरमुकामको नाभीमा रहेको हुनाले यस क्षेत्रमा पर्यटकीय गन्तव्य बोकेको उच्च सम्भावना स्थल हुने देखिन्छ । साथै पोखरा र चितवन राष्ट्रिय निकुञ्ज जस्ता पर्यटकिय क्षेत्रको बीच दुरीमा पर्ने हुनाले यस क्षेत्रले हजारौं पर्यटक आकर्षित गर्ने सम्भावना समेत रहेको छ ।

फोहोरमैला व्यवस्थापन तथा सरसफाई

भानुभक्त प्राणी उद्यानको क्षेत्रभित्रका विभिन्न स्थानहरु जस्तै गाउँवस्ती नजिकै‚ बाटोको छेउछाउ‚ स्कूलहरु‚ सामुदायिक वनका भवनहरु‚ युवा क्लबको भवनहरु‚ स्वास्थ्य चौकी लगायतका स्थानमा फोहरमैला व्यवस्थापन गर्ने उदेश्यले प्लास्टिको डस्टबीन खरिद गरी वितरण गरिएको थियो ।

समन्वय बैठक

भानुभक्त प्राणी उद्यानको संरचना निर्माण तथा व्यवस्थित संचालनको लागि स्थानीय निकाय, आसपासका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता सदस्यहरु तथा राजनैतिक दलका स्थानीय प्रतिनिधीहरु लगायत अन्य सरोकारवालाहरुसंग पटकपटक समन्वय बैठकहरु भएका छन् । साथै भानुभक्त प्राणी उद्यान स्थापनार्थ संयन्त्रसंग समेत समन्वय भैरहेको छ । जसले गर्दा आगामी कार्यक्रमहरु संचालन गर्न सहयोग पुग्ने अपेक्षा लिईएको छ ।

संरक्षणसम्बन्धी प्रचारप्रसार

भानुभक्त प्राणी उद्यानको विभिन्न सूचनाहरु तथा वातावरण दिवशसम्बन्धी साथै संरक्षणसम्बन्धी जनचेतनामूलक संरक्षण सामग्रीहरु स्थानीय एफ.एम.हरुबाट प्रशारण गरि सुसूचित गरिएको थियो । बन्दीपुर स्थित रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज, दमौली स्थित मादीसेती एफ.एम. १०५.८ मेगाहर्ज र दमौली एफ.एम. ९४.२ मेगाहर्जबाट प्रशारण गरिएको थियो ।

Image

संरक्षित क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया

यस प्राणी उद्यानको वन क्षेत्र र आसपासमा रहेका सामुदायिक वन क्षेत्रलाई आगलागीको जोखिम न्यूनीकरण गर्न आसपासका क्षेत्रमा रहेका सामुदायिक वनका उपभोक्ताहरुलाई वन डढेलोको जोखिम तथा सोको व्यव्थापन सम्बन्धमा भानुभक्त प्राणी उद्यानको कार्यालयमा मितिः २०७९ पौष १३ गते एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारीहरु, गाउँ टोल विकासका पदाधिकारीहरु, यवा क्लवका सदस्यहरु, स्थानीय वासिन्दाहरु र यस कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । जसले गर्दा स्थानीय स्तरमा जनचेतना अभिवृद्धि , भई स्थानीय समुदायलाई वन डढेलो व्यवस्थापन र संक्षणमा थप बल प्रदान गरेको छ ।

उपभोक्ता समूह स्तरीय डढेलो सचेतना तालिम

 भानुभक्त प्राणी उद्यानको आसपासमा बसोबास गर्ने वासिन्दाहरुलाई लक्षित गरी डढेलो नियन्त्रणमा सहयोग पुग्ने हिसाबले भानुभक्त प्राणी उद्यानको कार्यालयमा एक दिने उपभोक्ता समूह स्तरीय डढेलो सचेतना तालिम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा प्राणी उद्यानमा आंशिक रुपमा समेटिएका सामुदायिक वनका उपभोक्ताहरु‚ गाउँ टोल विकासका पदाधिकारीहरु‚ स्थानीय वासिन्दाहरु‚ युवा क्लबका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमबाट स्थानीयस्तरमा वन्यजन्तु र यिनीहरुको संरक्षणको महत्व र विषेश गरि वन डढेलो व्यवस्थापनमा प्रभावकारीता आउने देखिएको छ ।

Image
Image

उपभोक्ता समूह स्तरीय डढेलो सचेतना तालिम

 भानुभक्त प्राणी उद्यानको आसपासमा बसोबास गर्ने वासिन्दाहरुलाई लक्षित गरी डढेलो नियन्त्रणमा सहयोग पुग्ने हिसाबले भानुभक्त प्राणी उद्यानको कार्यालयमा एक दिने उपभोक्ता समूह स्तरीय डढेलो सचेतना तालिम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा प्राणी उद्यानमा आंशिक रुपमा समेटिएका सामुदायिक वनका उपभोक्ताहरु‚ गाउँ टोल विकासका पदाधिकारीहरु‚ स्थानीय वासिन्दाहरु‚ युवा क्लबका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमबाट स्थानीयस्तरमा वन्यजन्तु र यिनीहरुको संरक्षणको महत्व र विषेश गरि वन डढेलो व्यवस्थापनमा प्रभावकारीता आउने देखिएको छ ।

Image

भानुभक्त प्राणी उद्यानको चारकिल्ला

  • पूर्व : छिर्कने भञ्ज्याङ जौवारी गाउँ जाने बाटोको केही भाग हुँदै पोखरी भञ्ज्याङ हुँदै ठाडाबाटो हुँदै वन तर्फको बाटो भएर राई खोल्सी भएर जौवारी जाने मुख भएर गखर्क डाँडा हुँदै चालिसे खोला, सिसा खोला भएर गरम भञ्ज्याङ ।
  • पश्चिम : मोती चौतारा हुँदै कटहरे फाँट हुँदै तिन पातेडाँडा हुँदै ढकाल नदी हुँदै भूमिटार गाउँ हुँदै साठी मुरे खोला हुँदै भञ्ज्याङ चौतारा ।
  • उत्तर : गरम भञ्ज्याङ देखि नावरुङ जाने कच्चीबाटो भन्दा दक्षिण हुँदै नावरुङको आवादी भएर खोल्सी हुँदै बगुवा गाउँ हुँदै नेपाल डाँडाको आवादी हुँदै सिम्ने खोला हुँदै ठाडो बाटो भएर भालुखोला हुँदै भञ्ज्याङ चौतारा ।
  • दक्षिण : छिर्कन भञ्ज्याङ देखि पृथ्वी राजमार्ग हुँदै देउरालीको आवादी छेउ हुँदै मौती चौतारा देखि कटहरे फाँटसम्म ।