१) वन्यजन्तुको लागि माया जगाऔ,जंगल मा आगो नलगाऔं       २.) आजको आवश्यकता,संरक्षणमा जनसहभागिता    ३) प्रकृतीको रक्षा नै समस्त मानव समुदायको सुरक्षा    ४) वन्यजन्तुको संरक्षण स्समृद्धिका लागि पर्यापर्यटन     ५) तब मानिस कहलाउँछ महान, जब हुन्छ वन्यजन्तुको कल्याण     ६) मानव र वन्यजन्तुको सह(अस्तित्वलाई स्वीकार गरौँ     ७) वन्यजन्तुको रक्षा नै पर्यावरणको सुरक्षा     ८) जीवजन्तु जोगाऔँ जिम्मेवार नागरीकको कर्तव्य निभाऔ

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
भानुभक्त प्राणी उद्यान, छिर्कन, तनहुँ

भानुभक्त प्राणी उद्यानको गुरुयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना

(सूचना प्रकाशित मितिः २०८०/२/२)

प्रस्तावकको नाम र ठेगाना भानुभक्त प्राणी उद्यान, कार्यालय, व्यास नगरपालिका(१२, छिर्कन, तनहुँ
प्रस्तावको व्यहोरा नेपाल सरकार मन्त्रिपरिषदबाट मिति द्दण्ठघर१०र२० को निर्णयानुसार घोषणा भएको भानुभक्त प्राणी उद्यानको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गुरुयोजनामा उल्लेखित मुख्य सडक, सर्भिस रोड, ट्रेल, पानीको व्यवस्था, मुख्य प्रवेशद्वार, गार्ड हाउस, टिकट काउन्टर, पार्किङ्ग, सूचना केन्द्र, प्रशासनिक भवन, स्टाफ क्वार्टर, वहुउद्देश्यीय सभाहल, वन्यजन्तुको लागि ईन्क्लोजर, बाल उद्यान, सिद्धबाबाको मन्दिर, वन्यजन्तु अस्पताल, पुस्तकालय, क्याफ्टेरिया तथा चिनो पसल, पोखरी, ज्ञान केन्द्र, ढुङ्गे बगैंचा, ७०प्रजातिका स्तनधारी वन्यजन्तुहरु, १०० प्रजातिका चराहरु, उभयचर, सरिसृप सङ्कलन, उद्यान क्षेत्रको जैविक विविधता संरक्षण, फोहरमैला व्यवस्थापन जस्ता संरचना निर्माण तथा कार्यक्रम सञ्चालन
प्रभावित स्थानीय तह तथा घरधुरीहरु

 स्थानिय तह तथा वडाहरुः व्यास नगरपालिका वडा नं। ११ र १२स भानुभक्त नगरपालिका वडा नं। ५ र ६ 

मुआब्जा वितरण गर्नु पर्ने घरधुरीहरुः १४२ घरधुरी ९घरधुरीको नामावली वडा कार्यालयहरुमा टाँस गर्नुका साथै यस कार्यालयको वेबसाईटमा समेत राखिएको ।

 

माथि उल्लेखित प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षणको सिलसिलामा सो क्षेत्रको भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न प्रस्ताव कार्यान्वयन हुने क्षेत्रका स्थानीय तह, स्थानीय समुदाय, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, उपभोक्ता समुह तथा सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात ९७० दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ ।

राय सुझावको लागि पत्राचार गर्ने ठेगानाः

 

प्रस्तावक 
भानुभक्त प्राणी उद्यान 
व्यास नगरपालिका - १२
छिर्कन, तनहुँ 
वेबसाईटः bhanubhaktazoologicalgarden.gov.np

 

परामर्शदाता
पपुलर ईन्भारोमेन्टल सर्भिस नेपाल
शान्तिनगर, काठमाण्डौ
ईमेलः pesnepal2017@gmail.com
फोन नं: ९८५११८५६३२, ९८६४३७६८७४

हाम्रो बारेमा

 वन क्षेत्रमा वन्यजन्तुको वासस्थानको खण्डिकरण, क्षयीकरण र विनास, अधिक उपयोग, वन डढेलो, वन क्षेत्रको अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तनको नकारात्मक प्रभाव जस्ता जोखिमहरुको कारणले कतिपय प्रजातिहरु लोप भएका, कतिपय लोप हुने अवस्थामा पुगेका र दुर्लभ संख्यामा रहेका पनि छन । वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताको संरक्षण, सम्वर्धन, सदुपयोग र व्यवस्थापनका..पुरा पढ्नुहोस्