दूरदृष्टि, गन्तव्य तथा उद्देश्यहरू

दूरदृष्टि, गन्तव्य तथा उद्देश्यहरू :

दूरदृष्टि: वन्यजन्तुहरूको पर-स्थानीय संरक्षण (Ex-situ Conservation) मार्फत आमोद-प्रमोदलाई बढावा दिई स्थानीय स्तरमा रोजगारीहरू श्रृजना गरी राष्ट्रिय समृद्धि हासिल गर्न टेवा पुर्याउने ।

गन्तव्य: स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउनको लागि नेपालका रैथाने वा गैर-रैथाने वन्यजन्तु सहितको उद्यानको स्थापना ।

उद्देश्यहरू:

१. नेपालका रैथाने र गैर-रैथाने वन्यजन्तुको संरक्षण गर्नु ।

२. वन्यजन्तु संरक्षण मार्फत आमोद-प्रमोद प्रदान गर्न र संरक्षण शिक्षा प्रदान गर्नु ।

३. वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्नु ।

४. पर्या-पर्यटन प्रवर्द्धन गरी स्थानीय जनताको जीवनस्तर वृद्धि गर्न टेवा पुर्याउनु ।

५. घाइते र टुहुरा वन्यजन्तुको उद्धार र व्यवस्थापन गर्नु ।