हाम्रो मिशन

हाम्रो मिशन

वन्यजन्तुको पर-स्थानिय (ex-situ) संरक्षणमार्फत मनोरञ्जनको प्रवर्द्धन गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गरी राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने दूरदृष्टिका साथ यो अभियान अघि बढेको छ। नेपालका रैथाने तथा गैर-रैथाने वन्यजन्तुहरू समेटिएको एक व्यवस्थित प्राणी उद्यान स्थापना गरी स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउनु हाम्रो मुख्य लक्ष्य हो। यस अभियानअन्तर्गत हामी पाँचवटा मुख्य उद्देश्यहरू हासिल गर्न प्रतिबद्ध छौँ: नेपालका रैथाने र गैर-रैथाने वन्यजन्तुहरूको संरक्षण गर्ने, वन्यजन्तु संरक्षणमार्फत मनोरञ्जन र वातावरणीय शिक्षा प्रदान गर्ने, तथा वन्यजन्तुमाथि वैज्ञानिक अध्ययन र अनुसन्धान सञ्चालन गर्ने। यसका साथै, पर्या-पर्यटन को प्रवर्द्धन गरी स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने र घाइते तथा सहाराविहीन वन्यजन्तुहरूको उद्धार एवं उचित व्यवस्थापन गर्ने कार्यमा हामी निरन्तर समर्पित छौँ।

Bhanubhakta Zoological Garden Chatbot
Nepal Government Emblem
भानुभक्त प्राणी उद्यान कार्यालय नमस्ते, यहाँलाई स्वागत छ।
नमस्ते! भानुभक्त प्राणी उद्यान कार्यालयको भर्चुअल सहायकमा यहाँलाई स्वागत छ। म कसरी सहयोग गर्न सक्छु?