भानुभक्त प्राणी उद्यान शाखा/फाँटहरुको कार्य विवरणः
भानुभक्त प्राणी उद्यान केन्द्र सचिवालय :
-
प्राणी उद्यानको निर्माण, सञ्चालन तथा दीगो विकासका लागि गुरुयोजना तथा डिपिआर तयार गरी माथिल्लो निकायमा पेश गर्ने ।
-
प्राणी उद्यानको व्यवस्थापनका लागि तालुक निकाय साथै केन्द्र, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय तथा पदाधिकारीसँग आवश्यक समन्वय गर्ने ।
-
स्थानीय सरोकारवालासँग समन्वय गर्ने ।
-
प्राणी उद्यानको संरक्षण एवं व्यवस्थापनका लागि आफू मातहतका कर्मचारीहरुलाई परिचालन गर्ने ।
-
कार्यालय सञ्चालन तथा कार्यक्रमका लागि प्राप्त कार्यक्रम तथा बजेटको अख्तियारीलाई कार्यान्वयन गर्ने ।
-
प्राणी उद्यानका जिन्सी लगायतका चल अचल सम्पत्तिको उचित संरक्षणको व्यवस्था गर्न मातहतका कर्मचारीलाई परिचालन गर्ने ।
-
नेपाल सरकारले तोकेका अन्य कार्यहरु गर्ने ।
-
सञ्चालित योजनाहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने ।
-
दैनिक प्रशासन सञ्चालन तथा आईपर्ने अन्य कार्यहरु गर्ने ।
कर्मचारी प्रशासन फाँट:
-
कर्मचारी प्रशासन सम्वन्धी हाजिर, विदा, सरुवा, बढुवा, रमाना, वैयक्तिक विवरण अद्यावधिक गर्ने, विभागीय कारवाही लगायतका सम्पूर्ण कार्यहरु गर्ने ।
-
जिन्सी निरीक्षण, मर्मत सम्भार आदि कार्य गर्ने ।
-
कार्यालय / प्रवेशद्वार / पोष्ट भवनहरुको अभिलेख राख्ने र सुरक्षाको प्रवन्ध गर्ने ।
-
कार्यालयको आन्तरिक प्रशासन (धारा, पानी, बिजुली, टेलिफोन जडान, मर्मत ) लगायतका कार्यहरु गर्ने ।
-
जनशक्ति खटाउन सिफारिस गर्ने । खटिएका कर्मचारीहरुको अनुगमन, निरीक्षण गरी प्रतिवेदन पेश गर्ने ।
-
फाँटलाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।
लेखा फाँट:
-
बजेट तर्जुमा कार्यमा सहयोग गर्ने र स्वीकृत बजेट नियमानुसार निकासा लिने ।
-
कर्मचारीहरुको तलव, भत्ता, राशन, पोशाक समयमै उपलब्ध गराउने, नियमानुसार कर कट्टी गर्ने र दाखिला गराउने ।
-
आर्थिक कारोवारको अभिलेख अद्यावधिक गर्ने र आर्थिक प्रशासनको विषयमा माग बमोजिम राय पेश गर्ने, नियमित रुपमा तालुक निकायमा प्रतिवेदन पठाउने ।
-
आर्थिक कारोवार सम्वन्धी सम्पूर्ण स्याहा श्रेष्ठ दुरुस्त राख्ने ।
-
आन्तरिक तथा वाह्य लेखापरीक्षण गर्ने गराउने र लेखा परीक्षणबाट देखिन आएका बेरुजुहरु संपरीक्षण गर्ने गराउने, नियमानुसार फछ्यौट गर्ने, गराउने ।
-
फाँटसंग सम्वन्धित पत्रहरु तयार गर्ने, अभिलेख दुरुस्त राख्ने ।
-
फाँटलाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।
योजना फाँट :
-
प्राणी उद्यान क्षेत्रको योजना तथा कार्यक्रमहरु तयार गर्ने, स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
-
संचालित कार्यक्रमहरुको त्रैमासिक तथा वार्षिक प्रगति विवरणहरु तयार गरी सम्बन्धित निकायमा पठाउन कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
-
वन्यजन्तु तथा वनस्पतिहरुको अनुसन्धान गर्ने, प्रगति विवरणहरु तयारी, रिपोर्टिङ आदि कार्यहरु गर्ने ।
-
उद्यानभित्र संचालन हुने सेवा तथा सो को व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
-
कर्मचारीहरुको क्षमता, दक्षता र सीप विकासका लागि तालिम, गोष्ठी जस्ता कार्यक्रमको लागि पहल तथा संचालन गर्ने ।
-
फाँटलाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।
स्टोर फाँट :
-
कार्यालयका लागि आवश्यक सम्पूर्ण मालसामान तथा जिन्सी सामग्रीहरूको माग, प्राप्ति, आम्दानी बाँधफाँट र अभिलेखाङ्कन व्यवस्थित रूपमा गर्ने ।
-
दाखिला प्रतिवेदन, सामान माग फाराम र निकासी दाखिला फाराम नियमानुसार तयार गरी अद्यावधिक राख्ने ।
-
जिन्सी खातामा सामानहरूको वर्गीकरण (खप्ने र नखप्ने) गरी यथार्थ विवरण प्रविष्टि गर्ने र भौतिक अवस्था दुरुस्त राख्ने ।
-
भण्डार गृहको सुरक्षा, सरसफाइ, सामानको उचित व्यवस्थापन तथा भण्डारण नियन्त्रण गर्ने ।
-
वार्षिक रूपमा जिन्सी निरीक्षण गराउने, लिलाम बिक्री गर्नुपर्ने, मिनाहा गर्नुपर्ने वा मर्मत सम्भार गर्नुपर्ने सामानको वर्गीकरण गरी प्रतिवेदन तयार पार्ने ।
-
दाखिला भएका मालसामानको गुणस्तर तथा परिमाणको प्राविधिक जाँच गरी जिन्सी श्रेष्ठ कायम गर्ने ।
-
फाँटलाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।