भानुभक्त प्राणी उद्यानको संक्षिप्त जानकारी :
आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा नेपालको सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख भएको थियो । बजेटलाई कार्यान्वयन गर्ने क्रममा तनहुँ जिल्लाको २७°५९'१८.३५" अक्षांश र ८४°२१'१३.३३" देशान्तरमा साविक घाँसिकुवा, वरभञ्ज्याङ्ग, नावरुङ्ग र मैवल (हाल व्यास न.पा. वडा नं. ११, १२ र भानु न.पा. वडा नं. ५, ६) आसपासका ८ वटा सामुदायिक वनको आंशिक क्षेत्र, ५ वटा कबुलियती वन, निजी आवादी, तथा खोलानाला, ऐलानी, पर्ती र राष्ट्रिय वनको भागलाई समेटि जम्मा ४२५ हेक्टर क्षेत्रफलको भू-भागलाई मिति २०७३/१०/२० मा नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णयानुसार भानुभक्त प्राणी उद्यानको घोषणा भई मिति २०७४/१/१८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी स्थापना भएको हो । उद्यानको चारकिल्ला अनुसूची-१ मा समावेश गरिएको छ ।
भानुभक्त प्राणी उद्यानको अवस्थिति नक्सा (Location Map)
| नक्सा विवरण (Map Details) | विबरण सामग्री (Details) |
| स्थान (Location) | व्यास न.पा. (वडा ११, १२) र भानु न.पा. (वडा ५, ६), तनहुँ, नेपाल |
| कुल क्षेत्रफल (Total Area) | ४२५ हेक्टर (Approx. 425 Ha) |
| सिमाना क्षेत्र (Boundary) | १९.७ कि.मी. (Approx. 19.7 Kms) |